कोरोनाका कारण पाल्पामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु , शुक्रवार १८ संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

गत कात्तिक १३ गते कोरोना पुष्टि भइ होम आईसोलेसनमा बसेका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।सुक्रवार दिउसो उनको मृत्यु भएको हो । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वढा नं २ का ७२ वर्षीय ती पुरुषको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

पुरुषमा कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो । कात्तिक २५ गते पुनः स्वाब दिईएकोमा २६ गते पुनः पोजेटिभ रिपोर्ट आएको थियो ।

पुरुषमा निमोनिया र मृगौलाकोसमस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमितको मृत्यु संख्या १४ पुगेको छ ।

अठार जना थप 

यसैविच शुक्रबार पाल्पामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका १२ जना, रामपुर नगरपालिकाका १ जना, निस्दी र रैनादेवी छहरा गाउँपालिकाका २र२ जना, माथागढी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।