१० दिनदेखि बेपत्ता पुरुषको शव जंगलमा भेटियो

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकाका २ का बेपत्ता एक पुरुषको जंगलमा शव भेटिएको छ । १० दिनदेखि बेपत्ता भएका ४५ वर्षीय केयर सिँह दर्लामीको घर नजिकैको जंगलमा शव भेटिएको हो ।

कात्तिक १९ गतेदेखी बेपत्ता भएका उनको शुक्रबार विहान मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।