चिकित्सकलाई कोरोना देखिएपछि सल्यान अस्पताल ‘सिल’

0
Shares

सरुनानु चलाउने, सल्यान ।

चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएपछि जिल्ला अस्पताल सल्यान सिल गरिएको छ । जिल्ला अस्पताल सल्यानमा एक जना कार्यलय सहयोगी सहित चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि आज २८ गते बाट मंसिर ६ गते सम्म अस्पताल सिल गरिएको हो । बिहिवार आएको रिर्पोट अनुसार अस्पतालमा कार्यरत चिकित्सकसहित एक कार्यलय सहयोगीमा कोरोना पोजिटिभ देखिएको थियो ।
स्वास्थ्य कार्यालयका सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार अस्पतालमा ईमरजेन्सी र सामान्य सुत्केरी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको बताउनुभयो । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा राखिएको छ । जिल्लामा एक दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी संक्रमित भइसकेको उहाँले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेका छन ।

यसैबिच बागचौर नगरपालिकाका मंसिर ५ गतेसम्म सिल गरिएको छ। नगरपालिका क्षेत्रमा लक्षण सहितका कोरोना भाइरस संक्रमित देखापरेको भन्दै आज (बिहीबार) देखि मंसिर ५ गतेसम्म सिल गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकासहित वडा न २ को थारमारे बजार, बागचौर बजार, जिउला, खरिबोट बजार, शिक्षण संस्थाहरु, सरकारी तथा नीजि कार्यालयहरु, वित्तिय संस्थाहरु सिल गरिएको बागचौर नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।

सूचनामा पूर्वमा शारदा खोला, पश्चिममा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै लस्तम अग्ला टाकुरा, उत्तरमा पाण्डल खोलाको टाट्के जाने बाटोको पुल र दक्षिणमा ठिनवाङ्ग खोला पुलसम्मको क्षेत्र सिल गरिएको उल्लेख गरिएको छ।