सुसमाचार बाहकका रुपमा आयो नेशनल गोल्ड

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

सन्देशको संवाहक, सुसमाचारको वाहकका रुपमा चिनिने कागको पूजा गर्ने दिन बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो स्याटेलाइट टेलिभिजनको परीक्षण प्रसारण हुरु भएको छ । नेसनल गोल्ड एचडी टेलिभिजनले शुक्रबार परीक्षण प्रसारण शुरु गरेको हो । केही दिनअघि सूचना तथा सञ्चार मन्त्रालयले हेटौंडाको सर्वोत्कृष्ट मिडिया प्रालिलाई प्रदेश राजधानीकै पहिलो स्याटेलाइट टेलिभिजनका रुपमा भूउपग्रह तथा केवल च्यानलमार्फत् प्रसारण गर्ने गरी इजाजतपत्र प्रदान गरेको थियो ।

इजाजत प्राप्त भएस“गै प्रसारणको तयारी थालेको टेलिभिजनको परीक्षण प्रसारण प्रारम्भ गरिएको प्रालिका प्रवन्ध निर्देशक उज्ज्वल चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रहका माध्यमबाट प्रसारण गरिएको टिभी सिग्नललाई सीब्याण्डमा हेर्न सकिनेछ । भूउपग्रह थाइकम–५ च्यानलमार्फत् टेलिभिजनलाई संसारभर हेर्न सकिने उहाँको भनाइ छ ।

‘काग तिहारको दिन टेलिभिजन परीक्षण प्रसारणको जमर्को गरेका छौं । हामी पनि कागजस्तै सही सूचनाको वाहकका रुपमा इमान्दार प्रयत्न गर्नेछौं,’ प्रवन्ध निर्देशक चौलागाईंले भन्नुभयो । हाल सरकारले नेपाली, हिन्दी, अंग्रेजी तथा विभिन्न राष्ट्र भाषामा २४ सै घण्टा मनोरञ्जनात्मक तथा जानकारीमूलक सामग्रीहरु प्रसारण गर्न पाउने गरी इजाजत दिएको उहाँले बताउनुभयो ।