राजेशपायल र नीलमको पूर्वै शहर


लोकप्रिय गायक राजेशपायल राई र गायिका नीलम रोजु राईको स्वरमा पूर्वै शहर बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
नीलमको संगीतमा रहेको गीतमाका शब्द सिर्जना आलोक चाम्लिङ राईको छ। प्रवासमा बसेर आप्mनो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरूको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको म्युजिक भिडियोको निर्देशन शन्तकुमार राईले गरेका हुन्। सरू राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन्। नेपालको सम्झना मुटुभरि बोकेर परदेशी भूमिमा आप्mनो श्रम बेचिरहेका नेपालीको कथा, देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौंदेखि जन्मभूमिदेखि पर रहेर बाँच्नुपर्ने बाध्यता र देशप्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायांकन गरिएको छ।
भिडियोको छायांकन बेलायतमै बसेर लामो समयदेखि व्यावसायिकरूपमा फोटोग्राफी तथा भिडियोग्राफीका साथै डिजाइनसमेत गर्दै आएएका सुमन श्रेष्ठले गरेका छन्। निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रञ्गमञ्च, केही टेलीशृंखलाका साथै फिल्ममा काम गर्दागर्दै परिवारका साथ बेलायत पुगेका थिए। केही टेलीशृंखलाका निर्देशनसमेत गरेका राईले पहिलो वाम्बुले भाषाको फिल्म ढ्वाङ्कुमकासमेत निर्देशन गरेका थिए। ‘हामी सबैको मिहनेतले एउटा राम्रो गीत र सोको भिडियो स्रोता÷दर्शकमाझ आएको छ। आशा छ सबैले मनपराइ दिनुहुनेछ।’ –निर्देशक शन्तकुमार भन्छन्।