तिहारलाई लिरिकल देउसी भिडियो



कोरोनाको महामारीका कारण यसपालि देउसी खेल्न निषेध गरेपनि धमाधम हरेक वर्षझैं देउसी गीतहरु निकाल्ने क्रम भने जारी छ।
यसै भीडमा गायक मुकेश देवले तारा लक्सम लिम्बु, विनोद खम्बु, मीना निरौलालगायतका गायक गायिकासँगको सामूहिक देउसी गीत रिलिज गरेका छन्। तिहारै आयो मनै रमायो बोलको गीतको लिरिकल भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । केदार धितालको शब्दमा विनोद खम्बुको संगीत रहेको गीतमा मुकेश देव, तारा लक्सम लिम्बु, विनोद खम्बु र मीना निरौलाको स्वर सुन्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्