सुकुम्बासी, दलित र अव्यवस्थित बस्तीको समस्या समाधान गर्न सम्झौता

0
Shares

सर्लाही । भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले प्रदेश नं। २ मा सर्लाहीको हरिवन नगरपालिकालाई छनोट गरी यहाँका भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोवासको समस्या अन्त्य गर्न कार्य शुरु गरेको छ ।

हरिवन नगरपालिकाका प्रमुख गणेसप्रसाद प्रसाईले आयोग र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवाली र नगरपालिकाका तर्फबाट प्रमुख प्रसाईले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकामा सात सयको हाराहारीमा सुकुम्बासी रहेका र उनीहरुको व्यावस्थापन तथा दलित र अव्यवस्थित बसोवास गरिरहेकाहरुको समस्या समाधानमा निरन्तर प्रयास गर्न तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।