वालिङमा संयुक्त बजार अनुगमन

0
Shares

अमृत अर्याल,स्याङजा ।

स्याङ्जाको वालिङमा बजार अनुगमन गरिएको छ । संघ, प्रदेश, स्थानिय तह, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग बाणिज्य संघ, प्रहरी र पत्रकार सहितको संयुक्त टोलिले वालिङ्मा बजार अनुगमन गरेको हो । वालिङ बजारमा रहेका खाद्य पसल, मासु पसल, औषधी पसल, फेन्सी पसल लगायत निर्माण सामाग्रीहरुको अनुगमन गरिएको छ ।

बजार अनुगमनका क्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले नियमित रुपमा बजार अनुगमन गरिहेको बताउनुभयो । उहाँले कुनै पनि समय उपभोक्ताहरुलाई ठगिन नदिन बजार अनुगमन गरेको र उपभोक्ता आफै पनि सचेत रहनुपर्ने बताउनुभयो । साथै उपप्रमुख तिवारीले नगरपालिकाले उपभोक्ता सचेतनाको लागि तत्कालै पम्प्लेट, व्यानर नै बनाएर विभिन्न ठाउँठाउँमा राख्ने बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले वालिङ नगरपालिकामा अहिले सात दिन सम्म बजार व्यवस्थापन तथा अनुगमन सम्बन्धि सहजीकरण गरीरहेको छ । सोही अवसरमा बजार अनुगमनको लागि नगरपालिकालाई सहज होस भनेर बजार अनुगमन वार्षिक कार्यतालिका समेत बनाएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष सुर्यबहादुर थापाले बताउनुभयो ।

उहाँले मञ्चले वालिङ नगरपालिकामा बजार व्यवस्थापन तथा अनुगमन ऐन एवं नियमावलि समेत बनाउन सहजिकरण गरेको जानकारी गराउनुभयो । अनुगमनका क्रममा पसल नविकरण, दर्ता प्रक्रिया, सरसफाई कमी कमजोरीलाई सुधार गर्न व्यपारीहरुलाई अनुरोध गरिएको छ ।