खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ बन्ने भवनको शिलान्यास

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

चाँगुनारायण नगरपालिका ७ अन्तर्गत खरिपाटीस्थित श्रीकृष्ण माविको नयाँ भवनको एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेल र चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भवनको संयुक्त रुपमा शिल्यान्यास गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद भँडेलले बिद्यालयका लागि आफ्नो तर्फबाट आ.ब. २०७७/०७८ को प्रदेश पूर्वाधार बिकास कोष (सांसद बिकास कोष) मार्फत रु २५ लाख सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।नगर प्रमुख मिश्रले स्कुललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

शर्मा खानी जेभी निर्माण कम्पनी काठमाडौंले निर्माणको ठेक्का पाएको भवनको कुल लागत रु २ करोड ४८ लाख १९ हजार २ सय ७७ रहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जीवन खत्रीले बताउनुभयो ।उहाँले बिद्यालयलाई नगरपालिकाको शैक्षिक केन्द्र बनाउने गरी बिद्यालय परिवार लागेको जानकारी दिनुभयो ।

सो अवसरमा चाँगुनारायण–६ का वडाध्यक्ष सन्तबहादुर वाइबा, ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी,बिद्यालयका प्रधानध्यापक कृष्णहरी बल्ल,बिद्यालयका प्लस टुका कोअर्डिनेटर जीवन गिरी लगायतले भवन समयमै सम्पन्न गरी गुणात्मक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन ईकाई शिक्षा अन्तर्गत बन्न लागेको भवन निर्माणका लागि गत चैतमा सम्झौता भएको थियो ।बजेटको स्रोत नेपाल सरकारबाट १७.६ पतिशत ,बैदेशिक ऋण ७४.९ पतिशत र बैदेशिक सहायता ७.५ प्रतिशत रहेको बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।

४ तले आठ कोठे भवन निर्माण आगामी बर्ष माघमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।बिद्यालयले सीटीभीटीबाट सम्बन्धन प्राप्त गरेर ३ बर्षे सिभिल ईन्जिनियरीङ्गको पढाई सुरु हुने जनाएको छ ।