खोटाङमा आगलागी हुँदा साँढे १० लाख बराबरको क्षति

0
Shares

रामधन राई,खोटाङ ।

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलगी हुँदा भैंसी र बाख्रा जलेर मरेका छन् । बुधबार राती स्थानीय घनश्याम फुयाँलको गोठबाट सुरु भएको आगोले एउटा व्याउने भैंसी र तीन वटा बाख्रा डढेर मरेको हो । आगोले जल्दा एउटा पाडा बाँच्नै नसक्ने अवस्थामा पुगेको छ ।

गोठ तथा गोठसँगै रहेको मतान, पशु तथा चौपाय, मतानमा स्टोर गरेर राखिएको काठ लगायत   जल्दा करिब साँढे १० लाख बराबरको क्षती भएको अनुमान गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।भैंसी बाँधेर राखिएको ठाउँबाट आगो सुरु भएको देखिएको छ ।

यद्यपी आगलागीको कारण खुल्न सकेको छैन । जस्ताको छाना भएको घर भने जोगाइएको वडाध्यक्ष शिव फुयाँलले सुनाउनुभयो । वर्ष दिनअघि मात्र विद्युत सर्ट भएर माणिकलाल प्रधानको घरमा आगलागी हुँदा सोही घरमा रहेको फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको थियो । गत मंसिर ३० गते भएको आगलागीमा फुयाँलको १५ लाख बराबरको क्षती भएको थियो ।