रौतहटमा एक महिलाको गोली हानी हत्या

0
Shares

सञ्जय कार्की,रौतहट ।

रौतहटमा एक महिलाको हत्या भएको छ । माधबनारायण नगरपालिका–७ स्थित लौकाहा निबासी १७ बर्षिय अमृता कुमारी साहको गोलि हानी हत्या भएको छ ।

घरमा सुतिरहेको अबस्थामा टाउकोको दाहिने निधारमा गोली हानी साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।