भागेको कारबाट ८० किलो गाँजा

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

पार्किङ गरिएको एक कारबाट हेटौंडामा प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ । बिहीबार विहान करिब पौने ३ बजे हेटौडा–१० मा रहेको प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरीलाई देखेर भागेको कारबाट गाँजा बरामद भएको हो ।

बा. ६ च १४७६ नम्बर कार शंका लागेर खोजतलास गर्ने क्रममा उक्त कार हेटांैडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर जाने सडकमा पार्किङ गरिराखिएको अबस्थामा फेला परेको थियो । कारको ढोका लक गरी सडकमै छाडी कारमा सवार भएकाहरु फरार भएका थिए । स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेक गर्दा डिकीमा लुकाइल्याएको लागुऔषध गाँजा ८० किलो फेला परेको थियो ।

गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको र कारमा सवार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।