सिटिजन लाइफ इन्स्योरेन्सको तालिम सम्पन्न


काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताको लागि जुम एपमार्फत क्यारियर विकास र एमडीआरटी तालिम प्रदान गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकमाझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चार सयभन्दा बढीको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले तालिमको आवश्यकता, एजेन्सी क्यारियर तथा सोका फाइदाका बारेमा प्रकाश पार्नुभएको थियो ।