मगर भाषाको गीत सार्वजनिक


मगर भाषाको गीत डिस्या र डी लख सार्वजनिक गरिएको छ। रित राना मगर र सन्तोष राना मगरको स्वर रहेको गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ।
गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रविता थापा मगरको नृत्य रहेको छ। दुवै जनाको जोडी गज्जब देखिएको छ। यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ। बीपी फिल्म नेपालबाट निर्माण भएको गीतको भिडियो करण चैसिरले खिचेका छन् भने प्रवीण भट्टले सम्पादन गरेका छन्। सरजन थापा मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका नीलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गरेका हुन्। गीतमा सबटाइटलसमेत राखिएको छ।