मि टुकी शुरुआतकर्ता तनुश्री १० वर्षपछि फर्कंदै

0
Shares

बलिउडमा मि टु अभियानको शुरुआत गर्ने अभिनेत्री तनुश्री दत्तले फिल्ममा काम नगरेको करिव एक दशक भयो। अब भने उनी बलिउडमा कमब्याकको तयारीमा लागेकी छिन्।
खराब प्रवृत्तिका केही व्यक्तिका कारण आफूले बलिउड छोड्नुपरेको बताउने अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेकी छिन्। जहाँ ३६ वर्षीया उनलाई निकै फिट देखिएको छ। तनुले आफूले एक विज्ञापनमा काम गर्नका लागि १५ किलो वजन घटाएको पनि उल्लेख गरेकी छिन्। आफूलाई केही ठूला फिल्ममा लिड रोलका लागि अफर आएको भए पनि अहिले कोरोना महामारिका कारण ती फिल्मका नाम घोषणा गर्न नसक्ने बताएकी छिन्। अमेरिकामा आईटी ट्रेनिङ लिए पनि आफूलाई कलाकारितामा रुचि भएका कारण हतारमा बलिउडमा काम गर्ने निर्णय गरेको उल्लेख गरेकी छिन्।
उनले बलिउड र मुम्बई आफ्ना लागि विशेष भएकाले केही समय बलिउडमै रहेर केही राम्रा प्रोजेक्टमा काम गर्ने बताएकी छिन्। करिब १० वर्षअघि फिल्म अपार्टमेन्ट्मा काम गरेकी तनुश्रीले ढोल, आशिक बनाया आपने जस्ता फिल्ममा काम गरेपछि बलिउडसँग दूरी कायम गरेकी थिइन्।