तिहारलाई देउसी भाइ


हेटौंडा, (नेस)
कोरोना कहरका कारण यस वर्ष दशैं खल्लो बन्न पुग्यो भने तिहार पनि उल्लासमय ढंगले मनाउने अवस्था छैन। तर पनि दशैंतिहार गीतहरु भने बजारमा आइरहेका छन्। यसै क्रममा हेटौंडा–३, पदमपोखरीका युव गायक सुशील थिङको तिहार केन्द्रित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुशीलको हामी देउसी भाइ बोलको गीत सार्वजनिक भएको हो। सुशीलको यो दोस्रो गीत हो।
गीतको म्युजिक भिडियोलाई हेटौंडामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। गीतमा गायक थिङकै शब्द र संगीत रहेको छ। गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन्। म्युजिक भिडियोलाई ओपेरा इन्फोटेन्मेन्ट मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतको म्युजिक भिडियोमा निरु थिङ, सचिन वाइबा, राधिका स्याङ्तान, आइतेसिं लोप्चनलगायत कलाकारले अभिनय गरेका छन्। प्रकाश तामाङको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई कलाकार तथा निर्देशक विक्रम लुङ्वाले छायांकन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियो गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धीरेन लामाले निर्देशन गरेका छन्।