ब्युटीसियन ट्रेनिङ सेन्टर संचालनमा

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
महिलाहरुलाई ब्युटीसियन पेशाबाट उद्यमशिल बनाउने उदेश्यले स्याङ्जाको वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याईएको छ । सृष्टि हर्वल व्युटीसियन पार्लरले संचालनमा ल्याएको सुविधा सम्पन्न ट्रेनिङ् सेन्टरको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उद्घाटन गरेपछि संचालनमा आएको छ । पछिल्लो समय ब्यूटीसियन व्यवसायी गर्ने महिलाहरुको संख्यामा बृद्धि भएपछि सृष्टि हर्वलले ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको प्रोप्राईटर दुर्गा अर्याल थापाले बताउनुभयो । ब्युटीसियन व्यवसायबाट महिलाहरुको आयआर्जनमा थप टेवा मिल्ने उदेश्यले ब्यूटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको थापाको भनाई छ । उद्घाटन समारोहमा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले ट्रेनिङ् सेन्टरको उच्चतम प्रयोग गरी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । यो ट्रेनिङ् सेन्टरले महिलाहरुलाई व्यवसायी बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा विस्वस्थ रहेको छु उपप्रमुख तिवारीले भन्नुभयो,“महिलाहरु आत्मनिर्भर भए भने मात्रै देश र नगरले समृद्धि हासिल गर्छ ।” वालिङ नगरपालिकाको लागि यो ट्रेनिङ् सेन्टर एउटा महत्वपूर्ण पाटो बन्न सक्ने तिवारीले बताउनुभयो । स्वास्थ्य सगै सुन्दरतामा पनि टेवा मिल्ने हुदा यो व्यवसाय आयआर्जनका लागि निकै भरपर्दो मानिएको तिवारीको भनाई छ ।
महिलाहरुलाई उद्यमशिल बनाउन स्थानीय सरकारले नीजि क्षेत्र सगँ साझेदारी गर्न सुझव दिदै वालिङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष कविता भुषालले यस्ता ट्रेनिङ सेन्टरहरु संचालनमा आउनु राम्रो भएको बताउनुभयो । महिलाहरु पनि आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने उदाहरण हो अध्यक्ष भुषालले भन्नुभयो,“विभिन्न पेशा ब्यवसायमा महिलाहरुलाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्छ ।” महिलाहरुलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन वालिङ उद्योग वाणिज्य संघले पनि ठुलो भुमिका खेल्दै आएको भुषालले बताउनुभयो । १८ बर्ष सम्म ब्युटीसियन व्यवसाय संचालन गर्दै आएकी थापाले १९ औं बर्षमा प्रवेश गरेको अबसरमा ट्रेनिङ सेन्टर संचालनमा ल्याईएको छ । जिल्लाकै पहिलो र सुविधा सम्पन्न ब्यूटीसियन ट्रेनिङ् सेन्टर वालिङमा संचालनमा आएपछि सिक्नका लागि पोखरा जानुपर्ने बाध्यता हटेको बताइएको छ ।