छठपछि हेटौंडाबाट लाइसेन्स बितरणको तयारी

0
Shares

कृष्णउदास खनाल,हेटौंडा ।

२०७६ साल पुस २६ गतेबाट बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा बागमती प्रदेश स्तरीय यातयात सेवा कार्यालय संचालनमा आएपछि सेवाग्राहीको चाप बढेको छ । कार्यालयले सवारी चालक अनुमति पत्र बितरण लगायतका कार्य संचालन गर्न थालेपछि सेवाग्राहीहरुको चाप बढेको हो । हाल दैनिक एक सयको हाराहारीमा सेवाग्राहीहरु सेवा लिन आइरहेको बागमती प्रदेशको यातयात सेवा कार्यालयका प्रमुख भक्त भण्डारीले जानकारी दिनुभयो ।

कोरोनाले अन्य क्षेत्रमा जस्तै यातयात क्षेत्रमा पनि असर पारेको भएपनि हाल भने कुनै समस्या सेवा प्रवाहमा नभएको बागामती प्रदेशको यातयात सेवा कार्यालयका प्रमुख भक्त भण्डारीले बताउनुभयो । अहिले सवारी चालक अनुमति पत्र बितरण कार्य रोकिएको र छठपछि पुनः बितरणको संभावना रहेको पनि प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

उहाँले सवारी चालक अनुमति पत्र बितरणका लागि आफूहरुले संघीय सरकारसँग अनुमति माग गर्ने तयारी गरेको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा १० करोड रुपैयाँ राजश्व संकलन भएको र बिभिन्न प्रकारका सवारी साधनहरु ५० हजारको हाराहारीमा दर्ता,नामसारी लगायत भएको पनि जानकारी दिनुभयो ।

कोरोनाले शुरुका दिनमा आफूहरुलाई पनि दुःख दिने गरेको भएपनि हाल भने त्यस्तो समस्या नभएको बताउनुभयो । कर्मचारी कम भएका कारण भने जसरी सेवा प्रदान गर्न भने नसकेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको सो कार्यालयले हाल सवारी साधनसंग सम्बन्धित सबै काम गर्दै आइरहकेो छ यसअघि ने यो कार्यालय वीरगन्जको शाखा कार्यालय वा राजश्व संकलन केन्द्रको रुपमा मात्रै रहदै आएको थियो ।