कोरोना कहरका बिचमा पर्वतमा एकै दिन तीन योजना शिलन्यास

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नंं ४ हातेमालो चोकमा सोमवार एकपटक तीन आयोजनाको शिलन्यास गरिएको छ ।

स्थानीय सेतीखोला (गल्छिना घाट) मा मोटरेवल पुल, धरपानीदेखि पैंयुकोट जोड्ने नमुना पैयूँकोट पदमार्ग ९५ किलोमिटर र हुवास बजार हरित बजार वाटिकाको शिलान्यास गरिएको हो । तीनवटै आयोजनाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलन्यास गर्नुभएको हो ।

मन्त्री लम्सालले शिलन्यास गरेसँगै तनवटै आयोजनाको निर्माण शुरु भएको छ । नमुना पैंयुकोट पदमार्ग र हरित बजार बाटिका यसै वर्ष निर्माण सम्पन्न हुने भएका छन् भने मोटरेल पुल निर्माण आगामी दुई वर्ष भित्र सम्पन्न हुने छ । दक्षिण पर्वतको मुख्य केन्द्र हातेमालोचोकलाई छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम, होश्राङ्दी लगायतका वडाहरुसँग जोड्नका लागि यो पुल महत्वपुण मानिन्छ । पुल नहुँदा यस क्षेत्रमा दैनिक चल्ने दर्जनौ सवारीसाधनहरु सेतीखोलामा जोखिम मोलेर वारपार गर्दै आएका थिए ।

तीनवटै आयोजनाको शिलन्यास गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कुनै समय जिल्लाको कालापानी भनिने पैंयु क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सुगम र अग्रणी स्थानमा पुगेको बताउनुभयो ।

उहाँले विकास निर्माणमा सवै दल र समुदाय एकजुट भएर लागेमा समयमै र गुणस्तरीय काम हुँने बताउँदै शुरु भएका आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि स्थानीयवासीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री लम्सालले अहिलेको समय विकास निर्माण र समृद्धिको भएको बताउँदै प्रदेश सरकार पनि नागरिकको प्रत्यक्ष जीवनस्तर उकास्ने खालका योजनाहरुमा केन्द्रित बनेको बताउनुभयो ।

कार्यक्रममा महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले महाशीला र पैंयु गाउँपालिकाका कतिपय साझा योजनाहरु र धेरै विषयमा सहकार्य भैरहेको बताउँदै दुई पालिकाको आवश्यक समन्वय र सहकार्यलाई बढाउँदै लगिएको बताउनुभयो । पैंयु क्षेत्रको विकास र दुवै पालिकाका नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन दुवै मिलेर पहल गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।

पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले पछिल्लो समय पैंयुको विकासले फड्को मार्दै गएको बताउनुभयो । उहाँले पैंयुमा सञ्चालित निर्माणका योजनाहरुले पुणर्ता पाएपछि समृद्ध पैंयु बन्ने बताउँदै त्यसका लागि आफुले प्रदेश र संघसँग आवश्यक सहकार्य र समन्वय गरिरहेको बताउनुभयो । कोरोना कहरमा पनि पैंयुले आफ्नो क्षेत्रभित्रका हरेक गतिविधिलाई निरन्तरता दिएको बताउनुभयो ।