स्याङ्जामा अबैध हतियार सहित पक्राउ

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लुकाई छिपाई राखिएका अबैध हतियार प्रति निगरानी बढाएको छ । बिना इजाजत नलिएर लुकाई राखेका हातहतियार प्रति स्याङ्जा प्रहरीले निगरानी बढाउन थालेको हो ।

स्याङ्जा प्रहरीले बिरुवा गाँउपालिकाबाट अबैध हतियार सहित एक जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार बिरुवा गाँउपालिका २ बेसारे डाँडा बस्ने बर्ष ३३ को भिमबहादुर गुरुङ्लाई हतियार सहित पक्राउ गरेको जानकारी दिनुभयो ।

बिशेष सुराकीको आधारमा प्रहरीले गुरुङ्को घरगोठ खानतलासी गर्दा गोठमा काठको खलिया माथी सुकेको खरको घाँस र सुकेको मकैको डाठभित्र लुकाई राखेको अवस्थामा अबैध हतियार फेला परेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रहरीलेले गुरुङ्ले लुकाई राखेको अवस्थामा एक नाले बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान र ५५ ग्राम बारुद बरामद गरेको छ । बरामद सामाग्री सहित गुरुङलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसनधान भएको प्रहरीले जनाएको छ ।

अबैध हातहतियारबाट चोरी शिकारी देखि मानवीय घट्ना हुन सक्छ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले भन्नुभयो,“शान्ति सुरक्षा मजबुद बनाउन जिल्ला प्रहरी स्याङ्जा अबैध हातहतियार बरामद गर्न लागी परेको छ ।”

जिल्लाको शान्ति सुरक्षामा प्रहरीले कुनै कशुर बाँकी नराखेर काम गर्ने प्रहरी प्रमुख बोगटीले बताउनुभयो । बोगटी प्रहरी प्रमुख भएर स्याङ्जा आएपछि अबैध हतियार, फरार अभियुक्त र अबैध घरेलु मदिरा तर्फ निगरानी बढाएको छ । जसले गर्दा समाजमा अपराधिक क्रियाकलाप न्युनिकरण हुने विश्वास स्याङ्जावासीले लिएका छन् ।