भिडियोमा परदेशीको कर्म


गीतकार नवराज घिमिरेको गीत रचना तथा गायक विनोद दनुवारद्वारा स्वरबद्व गीत परदेशीको कर्म म्युजिक भिडियोहित सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक समारोहबीच नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, कर्पोरेट सेफ कुमार चालिसेलगायतले यसको भिडियो सार्वजनिक गरेका हुन्।

सिजन इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको भिडियोले रोजगारीको खोजीमा बिदेसिनुपर्ने नेपालीको कथा बोलेको छ।

भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीले अभिनय गरेका छन् भने म्युजिक भिडियो नवीनबाबु गरुङको निर्देशन र छायांकनमा बनेको छ भने सम्पादन नवीन निरौलाले गरेका छन्।