सुजातालाई कोरोनाले करियरको चिन्ता


ललितपुर चापागाउँकी सुजाता केसी अघिल्लो वर्ष यही समयमा विभिन्न स्टेज कार्यक्रम र म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थिन्। तर, यसपालि कोेरोना महामारीका कारण घरमै बसेर आफ्ना व्यस्तताका दिन सम्झिरहेका छन्।

‘कोरोना महामारीले नवोदित कलाकारको प्रतिभा र सिर्जनालाई कुण्ठित बनाइदिएको छु।’ –उनी भन्छिन्। ललितपुरको दक्षिणी पहाडी भेगको ठूलाद©ल©ंध्र जस्तो विकट पहाडी भेगमा जन्मिएका केसी आफ्नो रुचि, परिवार साथ र सहयोगले गीतसंगीत क्षेत्र आफूलाई डोहो¥याएकी हुन्।

निरन्तर कला क्षेत्रमा लागिरहेकी केसी कोरोना महामारीको अहिले अवस्था लम्बिए कला क्षेत्रमा आफ्नो नाम कसरी जमाउने भनेर चिन्ता लाग्ने गरेको बताउँछिन्। विगतका वर्षमा दशैं तिहारको समयमा अनेक महोत्सवमा गीत र नृत्य देखाउन उनलाई भ्याई–नभ्याई हुन्थ्यो। तर, अहिले उनलाई चिन्ता परेको छ– ‘अब कसरी अघि बढ्ने?’

२०६९ सालदेखि गीत–संगीत क्षेत्रमा प्रवेश गरेकी उनले हालसम्म तीन दर्जन जति आधुनिक गीत गाइसकेकी छन्। यस क्रममा गत वर्ष अस्टे«लियामा समेत आफ्नो प्रतिभा देखाएकी उनको २०७० सालमा छमछम पाउजु, २०७१ मा काकाकुल, २०७२ मा क्या बबाल, २०७३ मा यसपालिको तिहार, २०७४ मा रातो सारी र २०७६ मा मलाई के थाहा त बोलका गीत गीतहरु बजारमा आएका थिए। त्यसै गरी लकडाउन अगाडि बजारमा आएको बाजा बजाउँदै बोलको गीतको म्युजिक भिडियो युट्युबमा हालसम्म ७० लाखले हेरिसका छन्।