आकाशैको भिडियो



लोकप्रिय गायक विश्व नेपाली र अस्मिता परियारद्वारा स्वरबद्व गीत आकाशैकोे म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

आनन्द राईको संगीत रहेको गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

दीपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनले अभिनय गरेका छन्। रोचकको यो डेब्यु भिडियो हो। कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन्।

त्यस्तै फेस अफ क्लासिक डायमन्ड–२०१७ विजेता मुनाले केही समयअघि रंग लगाया तुने बोलको हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।

केही नेपाली फिल्ममा समेत काम गरिसकेकी मुनाले यसै भिडियोमार्फत कमब्याक गरेकी हुन्। विशाल प्रजापतिको छायांकन र उज्वल ढकालको सम्पादन रहेको भिडियोको छायांकन रहेको भिडियोको गीत गायिका अस्मिता परियारको यो दोस्रो गीत हो।

प्रतिक्रिया दिनुहोस्