नवीनले ल्याए नयाँ गीत



देश रोइरहेको छ, जताततै भ्रष्टाचारै भ्रस्टाचार छ, बेथितिले सीमा नाघेको छ। राज्यसञ्चालकलाई आप्mनै गुट उपगुट मिलाउँदै ठिक्क छ। दिनदिनै पार्टिका र मन्त्रिपरिषद्का बैठक बसेका खबर आउँछन्। तर जनता र जनजीविकाको पक्षमा ती बैठकमा चुइँक्कसम्म बोलिँदैन। बोल्छन् त केबल आप्mना आसेपासे गुट, नातागोता अनि कसलाई कहाँ कुन पदमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर गलफत्ती गर्छन्।

जनता भोकै छन, रोग भोक र शोक ले आक्रान्त छन् तर सरकारलाई मतलब छैन। संविधानले निर्दिष्ट गरेका व्यवस्थालाई पनि सरकारले गर्न सक्दैनौं भनेर विज्ञप्ति निकाल्छ। जनता यस्तै सोच्न बाध्य छन्।
यही परिवेशलाई समेटेर एउटा बजारमा आएको छ लेउ खुकुरी लेउ। यो गीत लोकगायक नवीन पौडेलल गाएका छन् भने परिकल्पना पनि उनकै छ।

बेथिति नै बेथिति छ सुनिने हो कहिले
पहिला बरु राम्रै थियो झन् बिग्रियो अहिले
कोही भन्छन् राजा आऊ देश बचाऊ
कोही भन्छन् दलहरुको मति सच्याऊ
म त भन्छु यो देशलाई कायापलट गर्ने धर्तीपुत्र आऊ
लेउ खुकुरी लेऊ जनता लेऊ खुकुरी लेऊ भ्रष्टाचारी जतिलाई पु¥याइदिउँ छेउ।

वास्तविक जनताको आवाज भन्दै तयार पारिएको गीतलाई दर्शक स्रोताले मन पराएका छन्। केशव बडुले एरेन्ज गरेको गीतको म्युजिक भिडियो विष्णु भट्टराईले तयार गरेका छन्। गीत रेकर्डिङ भएदेखि नै बजारमा नल्याउन दबाब खेपिरहे पनि यसपालि ल्याएको यसका प्रस्तुतकर्तासमेत रहेका गायक पौडेलले बताए। पौडेलले यसअगाडि करिब बाह्र दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्