- बालकृष्ण मैनाली
देशको महत्वपूर्ण चाड मानिने दशैले बिदा लिइसकेको छ । सकसमै भए पनि, महामारीले लखेटिरहेको भए पनि अनि रोगले संक्रमित भए पनि, दाताले दिएको एकछाक भातमा चित्त बुझाएर भए पनि दशैँ मनाउनेले दशैँ मनाए । अरु त अरु, धार्मिक द्वन्द्वलाई प्रश्रय दिन रुचाउनेहरुले पनि यो वा त्यो नाउँमा दशैँको विरोध गरेर भए पनि दशंँ मनाए । तीन वर्षअगाडि भएको निर्वाचन अनि सँगसँगैमा बीचमा भएका विभिन्न उपनिर्वाचनको माध्यमबाट पहिलो पाँच वर्षको लागि जनजनबाट राज्यसत्ता हस्तान्तरण भएको थियो । देश र नेपाली जनजनको विडम्बना नै मान्नुपर्दछ, व्यवहारमा सेवामुखी राजनीतिले प्रश्रय पाउनुपर्ने स्थानमा व्यवसायीमुखी राजनीतिले प्रश्रय पाउन पुग्यो ।
देशको विभिन्न समस्याबारे खारिएका भनी कहलाइएका दलहरुलाई सत्ताको बागडोर र प्रतिपक्षको बागडोर हस्तान्तरण गरेका जनजनलाई लोप्पा खुवाउँदै राजनीतिक व्यवसायीहरुबाट आपूmले आपैmंलाई बढुवा गराई राजनीतिक अंशियारका रुपमा स्थापित गराइछाडे । मौकामा चौका हान्न खप्पिस रोटी–बेटीको सम्बन्ध भएको दुहाइ दिन कहिल्यै नथाक्ने छिमेकीले देशमा देखिएको राजनीतिक अंशियारहरुको लुछाचुँडी, पद खोसाखोसलगायतका पदपूर्ति र नियुक्तिको लुछाचुँडीको राजनीतिक माहोललाई भजाउने जमर्को दूतको नाउँमा गएको कार्तिक ५ गते भारतीय गुप्तचर संस्था रअका प्रमुख र कार्तिक १९ गते देशका प्रधानसेनापतिको निमन्त्रणामा मानार्थ महारथी सम्मान ग्रहण गर्ने प्रयोजनको नाउँमा भारतीय सेनाध्यक्ष चार्टर र विशेष उडानबाट हाम्रो देशमा आए ।
अकस्मात् वर्तमान सत्ताधारीका केही सदस्यहरुबाट मोदीको दूतको नाम दिइएका रअ प्रमुखले हाम्रा देशका प्रधानमन्त्रीलाई निर्धक्क भेटे, आफ्ना कुरा राखे अनि प्रधानमन्त्रीलाई भेट्नुअघि कस–कसलाई भेट्नुपर्ने हो भेटे । उनीहरुसँग पनि आफ्ना कुरा राखे । लगत्तै भोलिपल्ट आफ्नो देश फर्किए । त्यसै गरी मानार्थ महारथी सम्मान ग्रहण गर्ने प्रयोजनको नाउँमा भारतीय सेनाध्यक्ष आए । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत आवश्यकताअनुसार भेट्नुपर्नेलाई भेटे र फर्किए ।
नेपालको तर्पmबाट यी दुवैजनालाई जस–जसले भेटे तिनीहरुले राखेका कुराहरु भारतले गर्दै आएको हेपाहा प्रवृत्तिबारे जोडतोडले राखे होलान् भनेर जनजनले किञ्चित पनि अनुमान गरेका छैनन् । उनीहरुले राख्ने भनेको कुरा, नेपालको राजनीतिक अंशियारमा आपूmमात्र प्रबल दाबेदार रहेको र अन्य अंशियारहरु गौण रहेको भन्ने स्तुतिबाहेक दुई देशका बीचमा देखिएका समस्याहरु दुवै देशका सार्वभौममा आँच नआउने र लज्जित हुन नर्पने किसिमले सुल्टाउने सवालमा छोटो शब्द पनि खर्चेका छैनन् भन्ने कुरामा जनजन विश्वस्त छन् ।
भरतीय पक्षबाट रअ प्रमुखलाई आफ्नो विशेष दूतको रुपमा पठाएको व्यहोरा आजसम्म सार्वजनिक हुनसकेको छैन तर नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा मन्त्रीदेखि सल्लाहकारहरुसम्मले रअ प्रमुखलाई भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतको रुपमा परिभाषित गर्ने कुरामा जोडतोडले लागिपरे, जसले गर्दा जनजन थप लज्जाबोधले पीडित बन्न पुगे । रअ प्रमुख मोदीको विशेष दूत भएकै विषयमा भारतीय पक्षको आधिकारिक स्पष्टोक्तिविना नै देशका प्रधानमन्त्री आपैmंले सीधै भारतीय प्रधानमन्त्रीको विशेष दूतको रुपमा रअ प्रमुख सामन्तलाई परिभाषित गरिदिनुभयो । त्यसको सत्यताबारे कतै कुनै ठोसरुपमा प्रमाणित गर्न आवश्यक ठान्नुभएन ।
रअ प्रमुख र देशका प्रधानमन्त्रीलगायत जस–जसले भेटेर जे–जे कुराकानी भएका छन्, त्यसैलाई आधार मानेर भोलि नेपालको हितमा भारतीय प्रधानमन्त्रीसँग साक्षात्कार कुरा गरिँदाको अवस्थामा वा नेपालको प्रधानमन्त्रीले पठाएका विशेष दूतसँग भारतका प्रधानमन्त्रीले भेटेर कुरा गर्न त परै जाओस् भारतीय प्रधानमन्त्रीसँग कुरा गर्न भनेर नेपालका तर्पmबाट दूत आएका छन् भनेर मात्र भारतका प्रधानमन्त्रीको कानमा पु¥याउन हिम्मत पनि जुटाउन हम्मेहम्मे नपर्ला भन्न सकिन्न । साथै तपाईंले पठाउनुभएको विशेष दूतले मसँग यी कुरा सहमति गरेर जानुभएको थियो अहिले नाइँनास्ती गर्न मिल्दैन भनेर हिम्मतसाथ वार्ताको टेबुलमा देशका प्रधानमन्त्रीले भन्ने हिम्मत गरेछन् भने पनि खोइ मैले मेरो कोही पनि विशेष दूत पठाएको छैन भन्ने जवाफ आयो भने नेपालले त्यति बेला के गर्छ ? भन्ने हेक्कासमेत राखेको पाइएन ।
यदि विशेष दूतको रुपमा पठाइएको हुन्थ्यो भने भारतीय सञ्चारमाध्यमहरु त्यत्तिकै चुप लागेर बस्ने थिएनन् । रअ प्रमुखले प्रधानमन्त्रीलाई भेट्नुपूर्व नै व्यापक होहल्ला गरिसकेका हुन्थे । भेट सार्वजनिक भएपश्चात् र भेटपछि सरकारले कालापानी, लिपुलेकका विषयमा चालेका कदमहरु जस्तै– नयाँ नक्सा समेटिएको पाठ्यपुस्तक बजारमा आउन रोकेको र शुभकामना आदानप्रदानमा नेपालको पुरानो नक्सालाई नै देखाएर सीमा विवादमा नेपालले घुँडा टेक्यो भन्दै भारतीय सञ्चारमाध्यमले रअ प्रमुखको भ्रमणपछि जे–जस्तो हंगामा मच्चाइराखेका छन्, यसबाट भारतीय पक्षको व्यवहार अभैm नसुध्रेको र देशका शासकहरु लम्पसारवादी हुन पुगेकोमा जनजन कोही अनभिज्ञ छैनन् ।
अहिलेको भारतीय खुफिया एजेन्सीका प्रमुखको नेपाल भ्रमणलाई नेपाली जनताले सामान्यरुपमा पक्कै लिएका छैनन् । भेट्नुपर्नेलाई भेटेरै भारत फर्किसकेपछि सरकार समर्थकहरुले जे–जस्ता अस्पष्ट र घुमाउरो पाराले दिइएको काइते स्पष्टीकरणमा अरुको त परै जाओस् सिंगो घाँटी जोडिएको राजनीतिक अंशियारका सदस्यहरुलाई पनि चित्त बुझेको छैन । यो भेटघाटमा भएका धेरै कुराहरु लुकाइएको अनुभूति गरेका छन् जनजनले ।
जतिसुकै राम्रो र चिप्लो कुरा गरे तापनि यो वा त्यो नामबाट नेपाल र नेपालीहरु भारतीय शासकहरुबाट शोषित र अपहेलित हुँदै आएको जगजाहेर छ । नेपालका शासकहरुको पनि यो स्थिति निम्त्याउन कम जिम्मेवार छैनन् । हरेक विषय र मामिलामा उनीहरुले नेपाली शासकहरुलाई घुँडा टेकाउन उद्यत् रहिरहनु उनीहरुको विशेषता हो भने उनीहरुले फालेका विभिन्न जाल तथा प्रलोभनमा यो वा त्यो नाउँमा फस्न पुग्नु नेपालका शासकहरुको विशेषता बन्न पुगेको छ । इतिहाससमेतले यो कुरालाई प्रमाणित गर्दछ ।
रअ प्रमुख र सेनाध्यक्षको भ्रमणलाई लिएर कता–कता भारतले आफूले विगतमा गरेका गल्तीहरुलाई राजनीतिकस्तरबाट सुधार्न खोजेको हो कि भन्ने झीनो आशंका पनि सार्वजनिक भएको छ, तथापि नेपाली जनता आश्वस्त बन्न सकिरहेका छैनन् । किन पनि भने, छिमेकी मुलुकको हैसियतले एउटा सानो मुलुक नेपाललाई विगतदेखि वर्तमानसम्म समय–समयमा हरेक क्षेत्रमा गरेका हस्तक्षेपहरुलाई नियाल्दा उक्त टिप्पणीप्रति आश्वस्त हुने अवस्था देखिँदैन । र, छैन पनि । विगतदेखि यो वा त्यो बहानामा आफ्नो स्वार्थको निमित्त मात्र आफ्नो तुरुप फाल्दै आएको छिमेकी देशले नेपालको बृहत्तर हित त परै जाओस्, सामान्य हितकोे लागि मात्र भए पनि लागिप¥यो भन्नु मिथ्या नै हुन जानेछ र सो कुरा दिवास्वप्नबाहेक अरु हुन सक्दैन ।
नेपालको जति राम्रो उन्नति र विकास हुँदै जान्छ त्यति स्वतः भारतलाई पनि फाइदा पुग्ने कुरामा दुवै देशका जनजनमा कुनै विमति देखिँदैन । तर विडम्बना ! यो विषयलाई दुवै देशका शासकहरुबाट जहिले पनि ओझेलमा पार्ने गरिन्छ । यस मामिलामा दुवै देशका राजनीतिक व्यवसायीहरुको भूमिका सकारात्मकरुपमा परिवर्तन हुनै पर्दछ र युगको माग पनि त्यही हो भनेर दुवै देशका जनजनहरु चिच्याएको जुगौं भैसक्यो तर दुवै देशका शासकहरुमा दुवै देशका जनजनको बृहत्तर हितमा सम्बन्ध दरिलो बनाउने आयामले मूर्तरुप ग्रहण नै गर्न सकेन ।
विशेष सम्बन्ध रहेको भनेर सदैव अलापविलाप गरिरहने छिमेकी देश भारतले नेपालका शासकहरुको कमी–कमजोरीलाई भजाउँदै सदैव हेपाहा प्रवृत्तिलाई नै प्राथमिकता प्रदान गर्दै गए, जसलाई विडम्बना नै मान्नुपर्दछ । नेपालको भारतसँग विशेष सम्बन्ध रहेको छ । त्यसलाई निरन्तरता नै दिनु राम्रो हुने कुरामा कोही पनि असहमत छैन तर व्यवहारमा सदैव अर्घेल्याइँ छिमेकीबाटै भैरहेको छ ।
कुरो स्पष्ट छ, वर्तमानमा नेपाल कुनै पनि देशसँग युद्ध गर्ने हैसियत राख्दैन । सबै यो विषयमा जानकार छन् । नेपालको लागि शान्ति र सहअस्तित्वको मार्ग अवलम्बन गर्दै, विकासको तीव्रतालाई प्राथमिकता दिँदै जानुको विकल्प छँदै छैैन । त्यसको लागि दूरदृष्टि भएको सरकारको आवश्यकता छ भनेर नै वर्तमान शासकलाई जनताले शासन गर्न मत दिएका हुन् । विडम्बना ! ठीक त्यसको उल्टो आफ्ना केही छोराछोरी र आफन्तहरुको लागि छात्रवृत्तिको लोभमा, सामान्य विदेश भ्रमणमा र देखावटी स्वागत सत्कारमा भुलेर छिमेकीको नाम भजाउँदै जति हस्तक्षेप गरे पनि छुट पाउनुपर्ने मानसिकता बोकिरहेको छिमेकी देशलाई सदैव आँखा चिम्लेर समर्थन गरिरहन पुग्यो ।
पछिल्लो समय रअ प्रमुख र सेनाध्यक्षको भ्रमणपछि नेकपाको एकतामा छुट्टै किसिमको उतारचढाव देखिन थालेको छ । पक्कै पनि एकता भएको विषयमा कथित एकता मनैदेखिको एकता नभई कुनै पनि दिन एउटा कता र एउटा कता हुने कुरामा जनजन विश्वस्त थिए ।
अन्तरमनबाट नभएको एकता अस्थायी प्रकृतिको हुने र उसमाथि पनि कसैले गराइदिएको एकता दीर्घकालीन नहुने कुरा उति बेलै समालोचक तथा स्वतन्त्र ंपक्षधरहरुले सार्वजनिक गरेका थिए । नभन्दै आजको दिनसम्म आइपुग्दा त्यति बेला गरिएका समालोचनाहरु वर्तमानमा सत्यको निकट पुगिरहेका छन् । रअ प्रमुख र सेनाध्यक्षको भ्रमणपछि एक–आपसमा दूरी बढ्दै गएको जनजनले अनुभूति गरिरहेका छन् ।
सत्ताधारीहरुको आफ्नै विधिविधान नियम त परै जाओस्, संविधानका धाराहरुलाई कुल्चने र दुरुपयोग गर्ने क्रमहरु दिनानुदिन बढ्दै छन् । वर्तमान महामारीविरुद्ध अन्य दलहरुलगायत सामाजिक अभियन्ता र जनजनसँग हातेमालो गरी सँगै अघि बढ्नुपर्ने अवस्थामा आ–आफ्नो गुटको पद–प्रतिष्ठाको लागि मरिहत्ते गरी देशलाई थप संकटमा धकेल्न खोज्ने कार्य जारी रहिरहनु भनेको नितान्त शोभनीय होइन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया