भारतद्वारा २८ वटा भेन्टिलेटर हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस)
कोरोना संक्रमणका कारण भेन्टिलेटर र आईसीयू नपाएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लेखापालको दुःखद निधन भयो ।

भीआईपीका लागि छुट्याइएको २ वटा आईसीयू र भेन्टिलेटर हुँदा हुँदै पनि भेन्टिलेटर छैन भनेर आफै कार्यरत अस्पतालमा समेत उपचारका लागि भर्ना नपाउँदा धादिङका राजाराम इटनीको दुःखद मृत्यु भएको थियो ।

यतिबेला नेपाल सरकारले समेत जनस्वास्थ्यमाथि खासै ध्यान नदिएको अवस्थामा भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर प्रदान गरेको छ । आइतबार भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

भेन्टिलेटर हस्तान्तरणका क्रममा राजदूत क्वात्राले विश्वव्यापीरुपमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपाल र भारत पनि उत्तिकै चपेटामा रहेको र महामारीका बेला एक देशले अर्को देशलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्दै भेन्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो । सोही अवसरमा स्वास्थ्यमन्त्री ढकालले धन्यवाद ज्ञापन गर्नुभयो ।