एनएमबिद्वारा ५२ लाखभन्दा बढीको बीमा दाबी भुक्तानी


काठमाडौं, (नेस)
एनएमबि बैंकले विभिन्न खातामा दुर्घटना र गम्भीर रोगविरुद्घ प्रदान गर्ने बीमा दाबी भुक्तानी प्रदान गरेको छ । तलब खाताअन्तर्गत हालसम्म जम्मा ७ लाख ४१ हजार ७२२ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार ३७१ रुपियाँ बीमा दाबी भुक्तानी गरिसकेको बैंकले जनाएको छ ।

बैंकको तलब खाताको योजनामा शून्य मौज्दातमै नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएमको साथै १० लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

nmबैंकको इन्स्योरेन्स पार्टनरमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलाइन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । एनएमबि बैंकले १८६ शाखा, ८ विस्तारित काउन्टर र १३५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।