तिम्रो साथबिना सार्वजनिक



गायक राजु लामाद्वारा स्वरबद्व गीत तिम्रो साथबिना शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।
कुमार स्याङ्ग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीतमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर रहेको छ।
दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास छायांकन गरिएको गीतको म्युजिक भिडियोमा आसमान तामाङ वाइबा र अमिता दोङको अभिनय रहेको छ। अजय स्याङ्ताङले निर्देशन गरेको म्युजिक भिडियो विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन्।
मंगोलियन हर्ट राजु लामाले लामो समयको अन्तरालमा तिम्रो साथबिना गाएका हुन्। दोलखाको पर्यटकीय सम्भावनालाई ध्यानमा राखेर म्युजिक भिडियो कालिञ्चोकमै छायांकन गरेको निर्माण पक्षले जानकारी गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्