सञ्जीवले ल्याए भिडियोसहितको गीत



गायक सञ्जीव पराजुलीको नयाँ गीत यसरी नहेर मलाई म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।
द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको भिडियोमा गायक सञ्जीव फिचर्ड छन्। भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि प्रस्तुत गरिएको छ। गीतले एक युवतीप्रतिको एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ। लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारीको छायांकन र सोहन मानन्धरको सम्पादन रहेको छ।
गायक पराजुलीका कर्के नजर, नाइँ मलाई थाहा छैन, पहिलो भेटैमा, हिट हिट गीत, छैन मलाई पीर, झिलमिल–झिलमिल, त्यो सपना, तिमी मलाई मन पर्छ, चाहनामा जस्ता गीत रुचाइएका छन्।

प्रतिक्रिया दिनुहोस्