अखबारविरुद्धको मुद्दा हारे जोनिले

0
Shares

हलिउड अभिनेता जोनि डेपले एक अखबारको मुद्दामा हारेका छन्। सन् २०१८ मा अमेरिकी अखबर द सनले जोनिले आप्mनी पत्नी एम्बर हर्डलाई कुटपिट गर्ने गरेको आर्टिकल प्रकाशित गरेपछि अखबारविरुद्ध मुद्दा हालेका थिए।
हालै यस मुद्दामा लन्डन हाई कोर्टले फैसला सुनाएको छ। यस मामलामा ५७ वर्सिया डेपले हारेका छन्। डेप र उनकी पूर्वपत्नी ३४ वर्सिया हर्डसँग सम्बन्धित यो मुद्दाको ३ महिनासम्म सुनुवाइ चलेको थियो। यस फैसलाको असर हलिउडका यी चर्चित दम्पतीको करिअरमा समेत पर्न सक्ने चर्चा हुनथालेको छ। सन् २०१५ मा विवाह गरेका डेप र हर्डले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए। यहीबीच हर्डले सन् २०१३ र २०१६ बीच डेपले आफूमाथि कयांैपटक कुटपिट गरेको आरोप लगाएकी थिइन्। डेपले भने यो कुरा अस्वीकार गर्दै आएका थिए।