आमा बनिन् अमृता

0
Shares

बलिउड नायिका अमृता राव आमा बनेकी छिन्। उनको टिमले सार्वजनिक गरेको विज्ञप्तिमा उनले गत सोमबार छोरालाई जन्म दिएको जनाइएको छ।
विज्ञप्तिमा आमा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ। फिल्म विवाहमा काम गरेर चर्चामा आएकी अमृताले केही हिट बलिउड फिल्ममा काम गरेरपछि आरजे अनमोलसँग विवाह गरेकी थिइन्। वैवाहिक जीवनमा प्रवेश गरेपश्चात् हराएकी अमृताले केही दिनअघि मात्र आफू आमा बन्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन्।