फर्किन् मेरी आमा सार्वजनिक



प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बिच गीतिएल्बम विमोचन गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमका बीच गीतकार, गायक तथा सांस्कृति संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीको फर्किन् मेरी आमा शीर्षकको गीतिएल्बम विमोचन गरेका हुन्।
कार्यक्रममा ओलीले अधिकारीको कलायात्राको निरन्तरताको कामना गरे। ‘प्रेमजी, कलाको बाटो भएर सत्यको पछि लागिरहनुहोस्, कहिलेकाहीं सत्यको यात्रामा एक्लै भएजस्तो लाग्छ तर तपाईं एक्लै हुनुहुुन्न।’ –ओलीले भने। कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा साहित्यकार डा. विजय सुब्बा र प्रा. केशव सुवेदीले अधिकारीको सांगीतिक यात्रा र विमोचित एल्बमको समीक्षा गरेका थिए।
एल्बममा फर्किन् मेरी आमा, गाईलाई चरन, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रंग र ढङ्ढङ कक्ल्याक कक बोलका आधा दर्जन गीत संगृहित छन्। सबै गीतको संगीत संयोजन प्राज्ञ राईले नै गरेका छन्। शीर्ष गीतमा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईको संगीत रहेको छ भने बाँकी गीतमा गीतकार तथा गायक अधिकारी स्वयंको लय संकलन रहेको छ। गायक अधिकारीलाई शीर्ष गीतमा गायिका दुर्गा परियार र गाईलाई चरन बोलको गीतमा बिना भट्टराईको साथ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्