लेस्टरद्वारा लिड्स पराजित

0
Shares

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीद्वारा लिड्स युनाइटेड पराजित भएको छ।
सोमबार राति सम्पन्न खेलमा लेस्टरले लिड्समाथि ४–१ गोल अन्तरको जित निकालेको हो। लेस्टरको जितमा योउरी टाइलेमन्सले दुई तथा जेमी भार्डी र हार्वे बन्र्सले समान एक–एक गोल गरे। लिड्सका लागि भने स्टुवार्टले एक गोल फर्काएका थिए।
खेलको दोस्रो मिनेटमा जेमी भार्डीको पासमा बन्र्सले गोल गरेपछि लेस्टरले गोलको खाता खोलेको थियो। भार्डीको प्रहार रिवाउन्डमा आएपछि टाइलेमन्सले २१औं मिनेटमा लेस्टरका लागि दोस्रो गोल थपेका थिए। त्यस्तै, ५०औं मिनेटमा लेस्टरले एक गोल व्यहो¥यो। घरेलु टोलीका स्टुवार्टले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याएका थिए। तर, भार्डीले खेलको ७६औं मिनेटमा र इन्जुरी समयमा पेनाल्टीमा टाइलेमन्सले गोल गरेपछि लेस्टरले सहज जित निकालेको थियो।
जितसहित लेस्टर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लगातार चार खेलमा जित निकाल्दै लेस्टरले ७ खेलबाट १५ अंक जोडेको पनि छ। लिड्सको भने १० अंक मात्रै रहेको छ। प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा फुलह्यामले वेस्टब्रोमलाई २–० ले पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ।