ए सानु भिडियोसहित सार्वजनिक



निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा ए सानु बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

हालै बोध नलेज इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड–२०१८ का विजेता दिक्पाल कार्की र सुनिशा बजगाईंलाई निर्देशक आदित्यले रोचक ढंगबाट प्रस्तुत गरेका छन्।

विमला हुमागाईंको शब्दमा निर्देशक आदित्यसँगै गायिका एलिना चौहानको स्वरले गीत सुनमा सुगन्ध बनेको छ। भिडियो र गीत कर्णप्रिय बनेकाले यसबाट आदित्य निकै आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्