सिंघम नायिकाले कसिन् लगनगाँठो

0
Shares

बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगकी सफल अभिनेत्री काजल अग्रवालले विवाह गरेकी छिन्।
उनले गत शनिबार आफ्ना प्रेमी गौतम किचलसँग मुम्बईस्थित एक होटलमा विवाह गरेकी हुन। काजल आफंैले विवाहको फोटो सामाजिक सञ्जालमा शेयर गरेर विवाहको जानकारी दिएकी हुन्। विवाहअघिको संगीत सेरोमनिमा काजलका साथ गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कोभिड–१९ संक्रमणको जोखिमका कारण काजलले सीमित आफन्तलाई मात्र निमन्त्रणा गरेकी थिइन्। साउथ फिल्मकी सफल अभिनेत्री काजलले फिल्म सिंघममा नायक अजय देवगनका साथ अभिनय गरेपछि बलिउडमा पनि उनको चर्चा शुरु भएको थियो। बिवाहपछि काजल र गौतम मुम्बईस्थित नयाँ घरमा सर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।