जनचेतनाका लागि कोरोनाको डर छ



कोरोना महामारीका कारण रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भइरहेको वर्तमान समयमा गीतमार्फत जनचेतना फैलाउने उद्देश्यले कोरोना भोलिन्टियर सर्भिस (सीभीएस) र गोरखा–काठमाडौं जनसांस्कृतिक मञ्चको संयुक्त प्रयासमा जनचेतनामूलक गीत कोरोनाको डर छ सार्वजनिक गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड–१९ भोलेन्टियर सर्भिस र गोरखा–काठमाडौं जनसांस्कृतिक मञ्चको संयुक्त सहकार्यमा गीत सार्वजनिक गरिएको हो। सुमन पण्डितको शब्द सिर्जना एवं दीपसागर थापाको संगीत सिर्जना रहेको गीत निर्माणको परिकल्पनाकार भने किरण पन्त हुन्। गीतको संगीत संयोजन एवं रेकर्डिङ तथा मिक्सिङको कार्य विपीन आचार्यले गरेका छन्। गीतमा दीपसागर थापा, सागर गुरुङ, सरू थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, डीबी गुरुङ, सुनीला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, भीमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियारको स्वर रहेको छ।
यसको म्युजिक भिडियोमा रञ्जिता गुरुङ, मरिचमान श्रेष्ठ, राजु मास्टर, अनिता बस्नेत, शारदा गिरी, उद्धव गुरुङ, टेक गुरुङ, सविना आचार्य, क्षितिज सुवेदी, पुष्कर ढुंगेल, शम्भु थापा, कमला रेग्मी, कृष्ण शिवाकोटी, सविना आचार्यलगायतका कलाकारको साथमा सीभीएसको समूहको अभिनय रहेको छ। गीतको भिडियोलाई प्रकाश भद्मले निर्देशन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्