ओ व्यस्त जीवन एकैछिन पर्खी



गायक ज्ञान सुब्बाले ओ व्यस्त जीवन एकैछिन पर्खी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।
रविन बान्तवा खावोहङ राईको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले तयार पारेका छन्। म्युजिक भिडियोमा निर्देशक पाख्रिनका साथ नायिका छुल्ठिम गुरुङ र बालकलाकार सरगम राईले अभिनय गरेका छन्।
धरानमा रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको संगीत संयोजन र मिन विष्ट को मिक्सिङ रहेका छ भने बुद्ध थापाको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्