भिडियोमा माया यस्तो बनोस्



तिम्ले बाटो फेरेऊ अरे जस्ता गीतका गीतकार दर्पण राईको पछिल्लो गीत माया यस्तो बनोस् हाम्रोको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिठास र कर्णप्रिय गीतको भिडियो फिल्मी शैलीमा बनेको छ। भिडियो हेर्दा लाग्छ, कुनै फिल्मभित्रको गीत हो यो। यसै भिडियोमार्फत उनी मोडलका रूपमा खुलेका छन्। जब कि यसअघि मोडलिङ गरे पनि यसरी उनी खुलेका थिएनन्।

भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन्। उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मका रूपमा प्रस्तुत गरेका छन्। नेपाली फिल्मी क्षेत्रमा उज्ज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा उत्कृष्ट काम गराएका छन्।

एमएमएस इन्टरटेनमेन्टको अफिसियल युट््युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन्। भिडियो सिनेमाटोग्राफर राम केसीले खिचेका छन्।

 

प्रतिक्रिया दिनुहोस्