आदित्यको “ए सानु …” बजारमा



न्युज अफ नेपाल,काठमाडौं ।

जुनसुकै विषयवस्तुमा पनि गहन अध्ययन पश्चात सरल प्रस्तुतिकरण पस्कने चल्तीका निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा “ए सानु …” बजारमा आएको छ ।
हालै बोध नलेज इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको “ए सानु …” अहिले चर्चाको शिखरमा छ ।

सबैको मन मस्तिष्कमा बस्न सफल लोकप्रिय निर्देशक आदित्यको निर्देशनमा फेरि पनि यूवापस्ताको माया प्रेममा आउने उतार चढावमा केन्द्रीत भई निर्माण गरिएको “ए सानु …” यूवनपुस्ताको कथामा बने पनि सबै गीत संगीप्रेमी माझ लोकप्रिय बन्ने कुरा युट्युवमा छोटो समयमा बढेको भ्युजले प्रमाणित गर्दछ ।

“ए सानु …” मा मिस्टर मोडल अफ दवल्र्ड २०१८ का विजेता दिक्पाल कार्की र सुनिशा बजगाईलाई निर्देशक आदित्यले रोचक ढंगबाट प्रस्तुत गरेको छ । विमला हुमागाईको शब्दमा निर्देशक आदित्यको स्वरमा चर्चित गायिका एलिना चौहानको स्वरले गीत सुनमा सुगन्ध बनेको छ । निर्देशक आदित्यको संगीत रहेको “ए सानु …” ले सबैतिरबाट प्रसंशा पाइरहेको छ । भिडियो र गीत कर्णप्रिय बनेकोले यसबाट आदितय निकै आशावादी देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्