मलाई सफल वा असफल बनाउने जिम्मा मिडियाको : मन्त्री श्रेष्ठ

28
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफुलाई सफल वा असफल बनाउने महत्वपुर्ण जिम्मेवारी सञ्चारमाध्यमको रहेको बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल मिडिया सोसाइटीका पदाधिकारीसंगको भेटको क्रममा उहाले कामको आधारमा मुल्याकन गर्न आग्रह गर्नुभएको छ ।

‘म र मेरो मन्त्रालयका अधिकारीको कामको आधारमा मात्र मुल्याडकन गरी सत्य तथ्य समाचार संप्रेषण गर्न आग्रह गर्दै भन्नुभयो– मेरो कामको बारेमा तपाईहरुलाई जानकारीनै छ , सरकार र आम जनताले अपेक्षा गरे अनुसार काम गरेर देखाउने प्रण गरेको छु ।
‘म तपाईकरुको बलमा उभिएको छ, मलाई यस्तो लाग्छ कि म अहिले यज्ञकुण्डमा हाम फालेको छु त्यहाबाट उतार्ने जिम्मा तपाईहरुको हो– उहाँले भन्नुभयो ।

म यो भन्न चाहन्छु कि अहिले म तपाईहरुको न्यानो माया र तपाइकै बलमा उभिएको छु, यो सम्झनु कि म तपाइकै प्रतिनिधि हुँ–विभिन्न सञ्चारमाध्यमका प्रमुखसंगको भेटमा उहाले भन्नुभयो । सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कडेलले सकरात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउदै आलोचनात्मक समाचारको विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गर्नुभयो ।

भन्नुभयो– कहिलेकाही गलत वा आलोचनात्मक समाचार आएमा त्यसको तत्काल प्रतिवाद नगरी यतार्थ खोजी गर्नु आवश्यक रहेको औल्याउदै हचुवाको भरमा मिडियाको आलोचना गर्न नहुने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो–अब राजधानीलाई मात्र विकसित शहर नसम्झी देशका नया शहरको पनि विकास गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि महत्वपुर्ण जिम्मेवारी शहरी मन्त्रीको हैसियतले तपाईकै रहेको बताउनुभयो ।

देशमा कस्तो शहर आवश्यक छ , शहरलाई कस्तो बनाउने भन्ने मुख्य भुमिका शहरी विकास मन्त्रीको हैसियतले तपाईकै हो भन्दै उहाले भन्नुभयो –त्यस्तो कामको लागि सोसाइटीको तर्फबाट मिडियाले सक्दो सहयोग गर्ने छौ । सोसाइटीका पुर्व अध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नया नेपालको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

‘त्यसको लागि हामी सबैको सधै साथ र सहयोग रहनेछ‘– उहाको भनाई थियो । उहाले काठमाडौलाई मात्र विकास गर्ने केन्द्रीकृत सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । फरक प्रशंगमा उहाले भन्नुभयो) कुनै मिडियाले गलत सूचना प्रशासन वा प्रशारण गर्दा नेपालको मिडियाहरु खराब छन् भन्ने सोचाइ राख्नु गलत भएको बताउदै ठिक वा बेठिक छुट्याउन नसक्दा सबै मिडिया अपेहेलित हुनुपरेको गुनासो गर्नुभयो ।

सोसाइटीका महासचिव मदन लम्सालले नया मुलुकको कसरी विकास गर्ने, कसरी सुन्दर शहर बनाउने भन्ने सोचलाई अघि बढाउनुपर्ने तर्क राख्नुभयो । देशबनाउने जिम्मेवारी बोकेको शहरी विकासु मन्त्रालयले जनतालाई देखिनेगरी विकास गर्नसक्ने अवसर रहेको बताउनुभयो ।
तपाई सक्रिय व्यक्तित्व हुनुहन्छ, तपाईको हातमा महत्वपुर्ण मन्त्रालय परेको छ ।

त्यसैले तपाईले जनताको मन जित्ने काम गर्ने अवसरलाई पछि पर्न लिनु हुदैन मिडियाले सहयोग गर्न तयार छ–उहाको भनाई थियो ।
नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले जनतासंग सिधै सम्बन्ध स्थापित गर्ने मन्त्रालय भएकोले जनताको हित अनुकुल काम गर्न ठुलो अवसर रहेको बताउनुभयो ।

कार्यक्रममा सोसाइटीका सचिव शिशिर भट्ट, जनकराज पन्त लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । सो अवसरमा मन्त्री श्रेष्ठले वाच डगको भुमिका खेलेको मिडियाले आफने मन्त्रालयले गर्ने , गर्नसक्ने र जानेर वा नजानेर गरेका कामको बारेमा जुनसुकै समयमा प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।