गायक तथा मोडल दुर्गेस थापाको गाडीले कुकुर मारेपछि प्रहरीमा उजुरी (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

गायक दुर्गेस थापाको गाडीले कुकुरलाई ठक्कर दिएर कुकुरको मृत्यु पछि उहा विरुद्ध उजुरी परेको छ ।बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थलबाट बाहिरिने क्रममा गायक थापाको बा १९ च ८९३७ नम्बरको हुण्डाई ब्राण्डको क्रेटाले कुकुरलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएको कुकुरको दुई घण्टापछि मुत्यु भएको थियो । कुकुरलाई ठक्कर दिएपछि उपचार गर्न छाडेर गाली लिएर गएका गायक थापा विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी परेको छ ।

स्थानीय रामदार गोपाली र प्रितम तण्डुकारले नेपालको कानुन अनुसार कारबाही गर्नुपर्ने माग गर्दै उजुरी दिएका थिए । कुकुर मरेको जानकारी पाए लगत्तै कुकुरको संरक्षण गर्ने संस्था क्याट नेपालले सो विषयमा प्रहरी कार्यालयलाई जानकारी गराएको थियो । प्रहरीले बोलाउदा समेत कार्यब्यस्ततको कारण आउन नभ्याएको भन्दै थापाले आलटाल गरेको क्याट नेपालका वरिष्ठ संयोजक सोभाश्रीले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो– ‘राती करिब ८ बजेर कुकुरको उपचार गर्न छाडेर भागेका चालक थापामाथि हदैसम्मको कारबाही गर्नुपर्छ । उहाले मान्छेको सबैभन्दा निकटको पशु कुकुरलाई संरक्षण गर्नुपर्ने अवस्थामा भाग्नु कानुन विपरित भएको बताउनुभयो ।’ गायक थापाले पार्किङमा रहेको गाडीको टायर मुनी रहेको गाडीले हर्न बजाउदा समेत कुकुर पछि नहटेपछि झुक्किएर किचिएको बताउनुभयो ।

तर नेपाल समाचारपत्रलाई प्राप्त सिसिटिभी फुटेजमा पार्किङ स्थलबाट केही पर रहेको कुकुरलाई जानिजानि किचेको जस्तो देखिएको छ ।
कुकुरलाई किचेपछि उद्धार गर्नुको साटो गाडी हुइक्याएर लगेपछि स्थानीय दुई जनाले वृतमा उजुरी दिएका छन् । गायक तथा मोडल थापाले अन्जानमा सो घटना भएको दाबी गर्नुभयो । भन्नुभयो– ‘हर्न बजाउदा समेत नदेखेपछि किचेको हुनसक्छ । घटनाको विषयमा जानकारी लिन खोज्दा थापाले भन्नुभयो–कुकुर मरेको भन्ने मलाई जानकारी छैन ।’

उजुरी पाएको विषयमा आफुलाई जानकारी भएको बताउनुभयो । भन्नुभयो–महानगरीय प्रहरी वृत सिहदरबारबाट फोन आएको थियो , सुटिङको कारण कार्यब्यस्तताले गर्दा आउन नभ्याउने र आज मंगलबार आउने बताएको छु भन्नुभयो ।

उहाले अन्जानमा भएको विषयलाई हल्लाको विषय बनाउननहुने बताउदै भन्नुभयो– ‘घटना भएको हो, यस्मा के के हुन्छ त्यो बुझ्न बाकी छ । ‘

सिहदरबार वृतका प्रमुख प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले उजुरी आएको बताउदै सो विषयमा छानबीन हुने बताउनुभयो । के कारबाही हुन्छ ? भन्ने प्रश्नमा उहाको उत्तर थियो । कानुनमा कस्तो व्यवस्था छ , सोही अनुसार प्रकृया अघि बढ्ला ।

क्याट नेपालकी वरिष्ठ संयोजक शोभा श्रीले निर्दोष पशुलाई गाडीले किचेर मार्न कलाकारमाथि कारबाही हुनुपर्ने बताउनुभयो । यो त पशु अधिकार गम्भीर हननको विषय हो, यस्तो घटना गर्नेमाथि कडा कारबाही हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्