एडीबीद्वारा लक्ष्मी बैंकलाई अग्रणी साझेदार बैंकको सम्मान


काठमाडौं, (नेस)
एसियाली विकास बैंक (एडीबी) लक्ष्मी बैंकलाई ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको सम्मान प्रदान गरेको छ ।

सन् २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरुमा रहेको छ ।