राजेशमानले ल्याए कृष्ण भजन



गायक राजेशमान केसीले नयाँ भजन सार्वजनिक गरेका छन्।
उनले तयार पारेका बोलको भजन जय प्राप्ति म्युजिक प्रालिको प्रस्तुतिमा कृष्ण भजन तयार पारेका हुन्। सत्संग सत्कर्म गरी यो जीवन उज्यालो पारौं बोलको भक्ति संगीतमा शब्द रचना पनि गायक केसीकै रहेको छ। भक्ति संगीतमा स्व. गणेश श्रेष्ठको संगीत रहेको छ।
भक्ति संगीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोको निर्देशन जयराज भद्मले गरेका छन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालको रहेको छ। दृश्य निर्माण जय प्राप्ति म्युजिक प्रालिको रहेको भिडियोमा गायक राजेशमान केसीका साथमा परमेश्वरी केसी, प्रँप्ति भद्म, प्रशान्त भद्म र उत्तम दाहालले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्