यो तिहारैमा घरमै नाचिन्छ



कोरोना महमारीका कारण धेरैजसोको यसपालिको दशैं केवल आप्mनै घरमा सीमित हुन पुग्यो। आफन्त र इष्टमित्रकहाँ गएर टीका थाप्दा कोरोना संक्रमण पैmलिनसक्ने भएकाले धेरैजसो मानिसले यसपालिको दशैं केवल आप्mनै घरमा मनाए। कोरोना संक्रमणबाट बच्नकै लागि यसपालिको तिहार पनि मानिसहरूले घर–घरमै तिहार मनाएर चित्त बुझाउनुपर्ने अवस्था आइलागेको छ।

यसै परिप्रेक्षमा फेवातालमा साइँली गायक रामचन्द्र काप्mलेले गायिका पत्नी जुनु रिजाल काप्mलेका साथ गाएको यो तिहारैमा घरमै नाचिन्छ बोलको गीत तयार पारेका छन्। गीतमा वैदेशिक रोजगारका क्रममा प्रदेशमा रहेका नेपालीले धेरैजसो दशैं तिहार प्रदेशमै मनाउनुपरेको व्यथा पोखिएको छ। गीतमाथि म्युजिक भिडियो पनि तयार पारिएको छ।

राजकुमार बगरको शब्द रचना रहेको गीतमा रामचन्द्रकै संगीत रहेको छ भने गीतको म्युजिक भिडियोमा चक्र बम, सुधीर श्रेष्ठ, गरिमा शर्मा, रुविना अधिकारी, अस्मिता पन्त, वसन्त अधिकारी र पल्पसा डंगोलले अभिनय गरेका छन्। उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको नृत्य निर्देशन र विकास दाहालको सम्पादन रहेको भिडियो विधान कार्कीले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्