काठमाडौं, (नेस)
पूर्वमन्त्री खोभारी राय जुवाको खालबाट पक्राउ परेका छन् । स्वयम्भूस्थित साइली तामाङको घरमा जुवा खेलिरहेका पूर्वमन्त्री रायसहित १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
स्वयम्भूमा रहेको नेपाली सेनाको फेमली क्वार्टरनजिकै साइली तामाङले हरेक दिन जुवा खेलाउने गरेको उजुरी प्रहरीमा पटकपटक परेको भए पनि प्रहरीले भने शनिबारमात्रै उक्त घरमा छापा मारेको थियो ।
रायले तत्कालीन नेपाल सद्भावना पार्टीबाट लगातार तीनपटक संसदीय चुनावसमेत जितेका थिए । उनी विभिन्न काण्डमा मुछिँदै आएका थिए ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ५३ हजार ५ सय नगदसमेत बरामद गरेको थियो । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रतिक्रिया