शहरी विकासमन्त्रीद्धारा निर्माणधिन संसदभवन,मन्त्री निवास, प्रदेशप्रमुख र मुख्यमन्त्री निवास निरीक्षण

0
Shares

न्युज अफ नेपाल,काठमाडौ ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सिहदरबार भित्र निर्माणाधिन संघीय संसद भवन र ललितपुरका भैसेपाटीमा निर्माण भैरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको अवलोकन गर्नुभएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको गौरबको आयोजना अवलोकन गर्ने गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गर्नुभएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले अन्तर्गत निर्माण भैरहेको संघीय संसद भवन र मन्त्री , मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवनको प्रगतिबारे जानकारी लिन मन्त्री श्रेष्ठ निर्माण स्थल पुग्नुभएको हो । अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

उहाले भन्नुभयो–गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । मैले यो आशा राखेको छु कि संघीय संसदको अन्तिम बैठक यही भवनमा बस्नेछ–संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाले भन्नुभयो ।

संघीय संसद भवन आयोजना प्रमुख प्रकृण तुलाधरले कोभिड संक्रमणको कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताउनुभयो । भन्नुभयो–तैपनि तोकिएकै समयमा सम्पन्न गर्नेगरी कम्पनीलाई दबाव दिइसकेका छौ । उहाले छठ लगत्तै करिब एक हजार मजदुर परीचालन गरी तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष लिएका छौ ।

भन्नुभयो–दुई सिफ्ट गरेर भएपनि २४ घण्टा काम गर्नेगरी तयारी भैरहेको छ । केही प्राविधिक कठिनाई बाहेक अन्य कुनै समस्या नभएको उहाको भनाई थियो । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै कम्परमाइज नहुनेगरी योजना अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी ओली ज्युको कार्यकालमा संसदको अन्तिम बैठक बस्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिदै सचिव सिहले भन्नुभयो–समस्या परे तत्काल समाधान गर्नेछौ, कामलाई निरन्तरता दिनुपर्छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडको कारण काम गर्न केही समस्या भएको स्वीकार्दै अब जस्तो परिस्थिति भएपनि कामलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले प्रमज्युले भनिर्देशन दिनुभए अनुसार यो संसदको अन्तिम अधिवेशन गर्नेगरी निर्माणलाई निरन्तरता दिएको जानकारी गराउनुभयो । । मन्त्री श्रेष्ठले कोभिड–१९ संग डर नमानी सबै इन्जिनियर , कर्मचारी र मदजुरको स्वाथ्य मापदण्ड पालना गरी कुनैदिनपनि काम नरोक्न निर्देशान दिनुभयो । भन्नुभयो–सबै मजदुरको पिसिरआ गरेर कार्यरत स्थलमै रहनेगरी काम गर्नुस, आवश्यकता परे मन्त्रालयले सहयोग गर्नेछ ।

सिहदरबारको पुतली बगैचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।
भवनको गत असोज १ गते प्रधानमन्त्री केपी ओलीले सिलान्यास गर्नुभएको थियो । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भएपनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको आयोजना प्रमुख प्रकृण तुलाधरले जानकारी दिनुभयो । सो परियोजनाको अवधी २०७९ असोज १५ सम्म छ ।

अब दुई वर्षमा सबै काम सक्नेगरी २४ घण्टै काम भैरहेको उहाको भनाई छ । सो परियोजनाको परामर्शदाता इएनजिआर इष्टवेष्ट डिजिको जेभी हो । मैले भनेको छु ग तोकिएकै समयमा अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

त्यसैगरी भैसेपाटी स्थित मन्त्री , मुख्यमन्त्री, र प्रदेश प्रमुखको निवास अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले समयमा काम सम्पन्न निर्देशन दिनुभएको थियो । उहाले भन्नुभयो–काम सन्तोषजनक छ , समयमै सक्नेगरी थप मजदुरको व्यवस्थापन गर्नुस । सो परियोजनाका साइड इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले कोभिडको कारण केही समय समस्याआएपनि हाल निर्माणमा सन्तोषजनक रहेको जानकारी दिनुभयो ।

गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्नेगरी तयार भएको मन्त्री २४ वटा मन्त्री निवास उपसभामुख, राष्ट्रिय सभाको अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख छ ।
द्ुवै परियोजनाको बारेमा जानकारी गराउदै शहरी विकास मन्त्रालयका सचिव डा. रमेश कुमार सिहले परियोजना गुणस्तर खस्कन नदिन निगरानी बढाउनुपर्ने बताउदै गुणस्तरमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण भैरहेको बताउनुभयो । मन्त्री श्रेष्ठले प्रधानमन्त्री ज्युले शिलान्यास गर्नभएको तीनै परियोजनाको उहाकै कार्यकालयमा तयार हुनेगरी तिब्रगतिमा काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । भन्नुभयो–प्रगति सन्तोषजनक छ , तोकिएकै समयमा सम्पन्न गर्न जनशक्ति थप गर्न आवश्यक छ ।