पाल्पामा शनिवार मात्रै ३४ जना कोरोना संक्रमित थपिए

0
Shares

न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा केहीदिन यता कोरोना संक्रमितको संख्या वढन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार मात्रै पाल्पामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा २५ जना, रिब्दीकोट गाउँपालिकामा २ जना, बगनाँसकाली गाउँपालिकामा ४ जना, पूर्बखोला गाउँपालिकामा २ र रम्भा गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो ।

शनिबार थपिएका ३४ संगै पाल्पामा संक्रमितको संख्या १ हजार १ सय ५६ पुगेको छ । संक्रमित मध्ये ९ सय २७ जना निको भएका छन् भने पाल्पामा संक्रिय संक्रमितको संख्या २ सय १९ पुगेको छ ।संक्रमणकै कारण पाल्पामा १० जनाको ज्यान गएको छ । संक्रमित मध्ये ४ सय ४६ जना समुदाय स्तरका हुन् ।

यस अघि सुक्रबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा ७ जना, रिब्दीकोट गाउँपालिकामा ४, तिनाउँ, पूर्बखोला र माथागढी गाउँपालिकामा १ ÷१ जनामा संक्रमणको पुष्टि भएको हो ।