अनाथ बालबालिकालाई दशैमा नयाँ कपडा

0
Shares

ललित सिंह,चैनपुर,बझाङ ।

सबैलाई दसैले छोएको छ । गाउँघरमा दसैको रौनक छाएको छ । बजारमा नयाँ कपडा खरिद गर्ने मिठो मसिनो खाने कुरा किनमेल गर्नेको भिडभाड छ । तर खप्तडछान्ना गाउँपालिका वडानं २ मायापाटा घर भएकी बर्ष १२ की झरर्ना कुमारी जोशीलाई भने मिठो खाने राम्रो लगाने रहर मनैमा छ ।

उनका बुवाको मृत्यु भएको र आमा द्रोसो संग बिहे गरेर भागी सके पछि झर्ना सहित उनकी कान्छी बहिनी बिगत ५÷७ बर्ष देखि छिमेकीको घरमा साहारा लिएर बसिरहेकी छन् ।छिमेकीहरुको यी दुई दिदीबहिनीले गाईगोरु बाखा् चराई दिएर खाने गुजरा गदै आएकी छन् । अहिले पनि यो दसैमा झरर्ना लाई एक जोर नयाँ लुगा पाए हुन्थ्यो भन्ने लागेको थियो तर आफन्त छिमेकी हरुबाट दुबै बहिनीको दसैमा नयाँ लुगा हाल्ने चाहाना पुरा भएन् ।

बिहिबार सदरमुखकाम चैनपुरमा मेची महाकाली बुहारी संयुक्त आवाज बझाङले दसैलाई लक्षीत गरी बेसाहारा अनार्थ बालबालिकालाई नौलो कपडा बितरण गरे पछि त्यहाँ आएकी झरर्नाले नौलो कपडा बुझेर खुसी भईन् । उनी जस्तै बुवा आमा गुमाएका गाउँघरमा बेसाहारा अवस्थामा रहेका ६ जना टुहुरा बालवालिका लाई मेचीमहाकाली बुहारी संयुक्त आवाज संस्थाले दुई जोर नौलो कपडा बितरण गरेको संस्थाकी अध्यक्ष शान्ती महत जाग्रीले बताईन् ।

उनीहरु छ जना जस्तै कपडा बुझन आएका अन्य ५ जना पनि नयाँ कपडा पाएर हर्षित भएका थिए । चैनपुरमा हाउन नसकेका अन्य लाई उनीहरुका आफन्त मार्फत कपडा बुझाएको थियो । अध्यक्ष महतले भनीन् हामीले यस जिल्लामा यस्ता खालका असाहय महिला तथा बालवालिकाहरुलाई सहयोग गर्नका लागी पहल गर्ने छौ ।

यस संस्थाले जिल्लाका १२ वटै स्थानीयतह संग समन्वय सहकार्य गरी असाहय, टुहुरा,ब्यवारीसे बच्चाहरुका लागी एउँटा बाल संरक्षण गृह बनानु पर्ने सोच भएको बताईन् ।संथाले रामैाँ काम गरेको देखीर कार्यक्रममा सहभागी सुर्मा गाँउपालीका अध्यक्ष नर बहादुर बोहरा र जयपृथ्वी नगरपालकिा २ का अध्यक्ष शुक्रदेव जोशीले ३ हजार नगद सहयोग पनि गरेका थिए । जिल्लामा यस्ता खाल्का अनाथ,बेसहारा बालबालिकाहरु धेरै भएकाले उनीहरुको शिक्षा स्वास्थ्य गासबासका लागी बाल संरक्षण केन्द्र आवश्यक भएकाले सबैले यस तर्फ ध्यान दिनु पर्ने बताए ।