कञ्चन जेसिजद्धारा कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान

0
Shares

यमलाल भुसाल,बुटवल ।

कञ्चन जेसिज बर्ष २०२०ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नोवल भाइरसको संक्रमणलाई रोकथामका लागि अग्रपंक्तीमा कार्य गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बावजुद पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामा आफ्नो गतिबिधिहरुलाई निरन्तर अगाडी बढाइरहेको कञ्चन जेसिजले एक कार्यक्रमका बिच स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले जनताको सेवामा कार्य गर्ने कुनै पनि कर्मचारीको मनोवल बढाउन गरिने सम्मान तथा उत्सव कार्यक्रमको सह्रना गर्दै कञ्चन जेसिजलाई धन्यबाद दिनु भएको छ । कतिपयको सोंचमा तलव भत्ता खानेहरुलाई सम्मान गर्नु हुदैन भन्ने मानसिकता रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले मानिसको स्वास्थ्य जस्तो महत्वपुर्ण बिषयमा तलवभत्ता प्रमुख नहुने उल्लेख गर्नु भएको छ ।

यस्तै कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलले सेवामा आधारित संस्थामा आवद्ध जेसिज युवाहरु हरेक पल आफ्नो ब्यक्तित्व बिकास संगसंगै समाजमा ब्याप्त बिकृति र बिसंगती बिरुद्ध हातेमालो गर्दै समाजमा महत्वपुर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुको सम्मानले वहाँहरुमा सेवाको भावना अझ उजागृत भएर आउने बिश्वास गर्नु भएको छ ।

कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले कोरोना संक्रमित वा असंक्रमितहरुको नियमित अनुगमन र स्वास्थ्य अवस्था परिक्षण गराउन घरघरमा पुग्नु भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउदा कञ्चन जेसिजको उत्कृष्ट कार्य भएको बताउनु भएको छ ।

कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कोरोना भाइरसले नेपाल सहित बिश्वभर महामारीको रुपमा लिइरहेको अवस्थामा कञ्चनमा कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न खटिनेलाई सम्मान गरेर थप उत्साह बढाएको धारणा राख्नु भयो ।कञ्चन जेसिज बर्ष २०२० का महासचिव चित्र तुलाचनले कार्यक्रमको संचालन गर्नु भएको थियो भने आस्थापाठ उपाध्यक्ष सुमन सुवेदी र धन्यवाद कानुनी सल्लाहकार राधिका चौधरीले गर्नु भएको थियो ।