लागु औषध सहित २ जना पक्राउ

0
Shares

यमलाल भुसाल,बुटवल ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सीमा गस्तिमा खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ ।

जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा भारत बाट नेपाल तर्फ आईरहेका दाङ घोराही उप महानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने बर्ष २० को आकाश गुप्ता र वडा नं. १० बबई बस्ने बर्ष २१ को विजय कुमार वानियालाई निट्राभेट ३० पत्ता र छयामोल ६० पत्ता सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

दुवै जनाले हातमा छोपी कालो पलाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा गुप्ता र वानियालाई पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।